देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्‍याउँदै आएको भन्दै सरकार पनि यसको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएका हुन्।

मुलुकको नयाँ रूपान्तरणसँगै बहु जातीय, बहुभाषिक सम्बोधन गर्ने गरी कृतिहरू, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरूको एकता बढाउन सिर्जनशील कार्य गरेको भन्दै उनले प्रतिष्ठानको प्रशंसा गरे। नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकोको उनले स्मरण गरे ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घनिभूत रूपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुराउने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोश डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताए।

उनले साहित्य र संस्कृतिसँग जोडिएका विभिन्न प्रतिष्ठानहरूलाई गत वर्षको तुलनामा यस पटकको बजेटमा उपेक्षा गरिएको गुनासो गरे। उनले थप कृति र रचना प्रकाशित गर्न थप बजेटको आवश्यकता पर्ने धारणा राखे।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  २ : १८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना