संजयको फिल्ममा आदित्य र कृति  « Khabarhub

संजयको फिल्ममा आदित्य र कृति 


९ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा निर्देशक संजय लीला भन्सालीको आफ्नै शैली छ । उनले फिल्मलाई भव्य बनाउने गर्छन् । पछिल्लो समय पिरियड ड्रामामा आफ्नो बलियो उपस्थिति देखाइरहेका संजयले नयाँ प्रोजेक्टको तयारी थालेका छन् ।

उनले हिरामंडी नामक वेब सिरिजसँगै फिल्मको काम समेत अगाडी बढाएका छन् । पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म गरिरहेका भन्सालीले नयाँ प्रोजेक्टका लागि आदित्य रोय कपूर र कृति सेननलाई रोजेका छन् ।

माधुरी दीक्षित, ऐश्वर्या राय, दीपिका पादुकोण, आलिया भट्ट पछि भन्सालीले कृतिलाई आफ्नो फिल्ममा कास्ट गर्दै छन् । भन्सालीकै फिल्महरु मार्फत आफ्नो अभिनय क्षमतालाई प्रस्ट्याउन सफल अभिनेत्रीहरूले गर्दा कृतिको भविष्य पनि चम्किने अनुमान गरिएको छ ।
पछिल्लो फिल्म ‘मिमी’ मा समेत अभिनयले दर्शकको मन जितेकी कृति भन्सालीसँग काम गर्न पाउँदा दङ्ग छिन् । सोसल ड्रामा जनरामा फिल्म बन्ने भनिएता पनि अझैँ कथावस्तु बारे प्रस्ट्याइएको छैन ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : ३० बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली