‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक « Khabarhub

‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ ।

२६ फागुन ०७८ मा मुगुमा कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियो ।

मालिक छुटे पनि कुकुरलाई भने डिभिजन वन कार्यालय मुगुको थुनामा राखिएको थियो । यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए । तर डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेको र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियो ।

कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएको डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए । कुकर मालिक च्याम्पा तामाङका अनुसार मुगुमा कार्मारोङ गाउँपालिका(१ चितैबाट सम्पर्क गर्न असहज भएको बताए ।

डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएको तर पनि कुकुर सकुशल रहेको जानकारी पाएपछि लिन आएको उनले बताए । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  २ : ४७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ