सलमानलाई चाहियो १० नायिका  « Khabarhub

सलमानलाई चाहियो १० नायिका 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय बलिउडमा आफ्नो ठीकठाक अवस्था नभएको कारण सलमान खान केही तनावमा छन् । उनी अभिनीत केही फिल्महरू लगातार फ्लप भए । यसैले गर्दा उनले आउँदो फिल्महरू निकै बुझेर मात्र गरिरहेका छन् ।

टाइगर ३ र कभी इद कभी दिवाली पश्चात् उनले आफ्नो सफल फिल्म ‘नो इन्ट्री’ को सिक्वेलमा काम गर्ने तयारी थालेका छन् । ‘नो इन्ट्री मे इन्ट्री’ शीर्षक दिइएको फिल्म कमेडी जनरामा रहने छ ।

फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउनेछन् । किनकि यसमा १० नायिका रहने बताइएको छ । फिल्ममा साउथका ठूला एक्ट्रेसहरु रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया लगायत रहन सक्नेछन् ।

फिल्मका लागि समान्था लगभग तय छिन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइनेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै