रुस डोनबास क्षेत्रलाई ध्वस्त पार्न उद्दत रहेको जेलेन्स्कीको टिप्पणी « Khabarhub

रुस डोनबास क्षेत्रलाई ध्वस्त पार्न उद्दत रहेको जेलेन्स्कीको टिप्पणी


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आफ्नो मुलुकको पूर्वी डोनबास क्षेत्र ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनको डोनबासलाई ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका हुन् ।

‘डोनबासमा हवाई एवम् तोपखानाबाट विशाल हमलाहरु भइरहेका छन् । आक्रमणकारीको उद्देश्य फेरिएको छैन, उनीहरु डोनबासलाई विस्तारै ध्वस्त पार्न चाहन्छन् ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनले आफ्नो सैन्य बललाई भारी हतियार र तोपखाना प्रणालीको आपूर्तिलाई तीव्रता दिन पश्चिमा नेताहरुलाई आग्रह समेत गरे । ‘हामी बारम्बार युक्रेनमा हतियारको आपूर्तिलाई तीव्रता दिन जोड दिइरहेका छौँ ।’ उनले भने ।

पछिल्लो समय रुसी सेनाले पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क र लिसिचान्स्क सहरमा आक्रमणलाई तीव्र पारेको जनाइएको छ । लुहान्स्क क्षेत्रमा अवस्थित यी दुई सहर युक्रेनी फौजको नियन्त्रणमा रहेको अन्तिम पकड क्षेत्र हुन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ३ : ०१ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक