रुस डोनबास क्षेत्रलाई ध्वस्त पार्न उद्दत रहेको जेलेन्स्कीको टिप्पणी « Khabarhub

रुस डोनबास क्षेत्रलाई ध्वस्त पार्न उद्दत रहेको जेलेन्स्कीको टिप्पणी


९ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आफ्नो मुलुकको पूर्वी डोनबास क्षेत्र ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनको डोनबासलाई ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका हुन् ।

‘डोनबासमा हवाई एवम् तोपखानाबाट विशाल हमलाहरु भइरहेका छन् । आक्रमणकारीको उद्देश्य फेरिएको छैन, उनीहरु डोनबासलाई विस्तारै ध्वस्त पार्न चाहन्छन् ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनले आफ्नो सैन्य बललाई भारी हतियार र तोपखाना प्रणालीको आपूर्तिलाई तीव्रता दिन पश्चिमा नेताहरुलाई आग्रह समेत गरे । ‘हामी बारम्बार युक्रेनमा हतियारको आपूर्तिलाई तीव्रता दिन जोड दिइरहेका छौँ ।’ उनले भने ।

पछिल्लो समय रुसी सेनाले पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क र लिसिचान्स्क सहरमा आक्रमणलाई तीव्र पारेको जनाइएको छ । लुहान्स्क क्षेत्रमा अवस्थित यी दुई सहर युक्रेनी फौजको नियन्त्रणमा रहेको अन्तिम पकड क्षेत्र हुन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ३ : ०१ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा