चीन र भारतबीचको सम्बन्धमा मतभेदभन्दा साझा हितका विषय अधिक : चिनियाँ विदेशमन्त्री « Khabarhub

चीन र भारतबीचको सम्बन्धमा मतभेदभन्दा साझा हितका विषय अधिक : चिनियाँ विदेशमन्त्री


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित र चासोका विषय अधिक रहेका बताएका छन् ।

चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका हुन् ।

दुबै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि गर्न अपरिहार्य भएको बताए ।

‘द्विपक्षीय सम्बन्धलाई सुमधुर, स्थिर र स्वस्थ तुल्याउन चाडोभन्दा चाँडो दुवै पक्षले आधा बाटो हिँड्नुपर्छ, विश्वव्यापी चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न तथा साझा हितको रक्षाका निम्ति दुवै देश एकताबद्ध भएर हिँड्नुपर्छ’ उनलाई उद्धृत गर्दै समाचार समिति सिह्वाले जनाएको छ ।

विदेशमन्त्री वाङले दुबै देशका नेताबीच भएका महत्वपूर्ण रणनीतिक सहमतिको पालना, सीमा समस्यालाई द्विपक्षीय सम्बन्धमा उचित स्थान दिन तथा तिनको समाधान संवाद र परामर्शबाट दुबै मुलुकले खोज्नुपर्ने बताए ।

चीन र भारतले जनस्तरको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार, मानव जातिको उज्ज्वल भविष्य निर्माणमा मिलेर काम गर्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।

सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको हिमाली क्षेत्रमा दुई मुलुकका सैनिकबीच आपसी घम्साघम्सी र झडप भएयता दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ ।

कैयौँ चरणका वार्तापछि दुबै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्ने र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुबै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ४८ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको