२५ अर्ब बढीको बजेट ल्याउने काठमाडौँ महानगरको तयारी « Khabarhub

२५ अर्ब बढीको बजेट ल्याउने काठमाडौँ महानगरको तयारी


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो ।

आगामी वर्षका लागि चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उनले बताइन् ।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहर मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।

आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी गरेको छ ।  संवैधानिक व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ०७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान