रुसले अन्न चोरेको युक्रेनी आरोपमाथि टर्कीको छानबिन « Khabarhub

रुसले अन्न चोरेको युक्रेनी आरोपमाथि टर्कीको छानबिन


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले रुसले युक्रेनबाट अन्न चोरी गरेको विषयमा आफ्नो मुलुकले छानबिन गरेको जनाएका छन् ।

रुसले युक्रेनबाट अन्न चोरेर टर्की लगायतका तेस्रो मुलुकमा बिक्री गर्ने गरेको आरोप लागेपछि यसबारे छानबिन सुरु गरिएको चाभुसोग्लुले जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आफ्नो छानबिनको प्रगतिबारे युक्रेनलाई जानकारी गराइएको समेत बताए ।

‘हामीले हरेक दाबीलाई गम्भीरतापूर्वक लियौँ र यही दाबीका आधारमा अनुसन्धान गर्यौँ । हामीले पानीजहाजको प्रस्थान बन्दरगाह र सामानको उत्पत्ति रुसमा भएको देख्यौँ ।’ चाभुसोग्लुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यद्यपि हालसम्मको छानबिनबाट यसबारे कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेका छन् । यसअघि टर्कीका लागि युक्रेनी राजदूतले यही महिनाको सुरुमा रुसले युक्रेनबाट अन्न चोरी गरेर टर्की र अन्य मुलुकका बिक्रेतालाई बेच्दै आएको आरोप लगाएका थिए ।

साथै टर्कीका लागि युक्रेनी राजदूत भासिल बोद्नारले यसबारे छानबिन गर्न समेत टर्कीस सरकारसमक्ष आग्रह गरेका थिए । रुसले यस्तो गतिविधिमा आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ ।

बिहीबारमात्रै रुसी प्रशासन क्रेमलिनले युक्रेनबाट कुनै अन्न चोरी नगरेको प्रष्टीकरण दिएको थियो । युक्रेनको विदेश मन्त्रालयले टर्किस विदेशमन्त्रीको टिप्पणीबारे कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ०७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज