रुसी फौजले युक्रेनी पत्रकारको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक | Khabarhub Khabarhub

रुसी फौजले युक्रेनी पत्रकारको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी फौजले युक्रेनी फोटोपत्रकार माक्सिम लेभिनको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सञ्चारकर्मीको अधिकारका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) द्वारा जारी १६ पृष्ठ लामो प्रतिवेदनमा आक्रमणकारी रुसी सेनाले लेभिनलाई मार्च १३ मा गोली हानी हत्या गरेको उल्लेख छ ।

रुसी फौजले उनीसँगै उनका साथी ओलेक्सेई चेर्निसोभको पनि हत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनीहरु १३ मार्चबाट नै बेपत्ता थिए । उनीहरुको शव अप्रिल १ मा राजधानी किभको उत्तरी क्षेत्रमा फेला परेको थियो ।

‘रुसी फौजविरुद्ध प्रमाणहरु प्रचुर छन् ।’ प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : २१ बजे

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री