कुमारी बैंकको भिसा डेबिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने « Khabarhub

कुमारी बैंकको भिसा डेबिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरूबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ । 

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरूले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरूमार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले बताएका छन्  । फ्री ल्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आय आर्जन कुमारी भिसा डेबिट/ क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन्। 

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरूलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक रु.१५,००० भन्दा बढीको  भिसा डाइरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम ५०० प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४४ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ३० बजे

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर