पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै | Khabarhub Khabarhub

पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने तयारी भएको छ । यही असार १५ गते पूर्ण खोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएका हो ।

गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको बैठकले घोषणा गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार १५ गते पातारासीलाई पूर्ण खोप घोषणा गर्ने भएको स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

उनका अनुसार पातारासी गाउँपालिकाले पूर्ण तयारी भइसकेको पत्र पठाएको र त्यसको थप अनुगमन गरेपछि घोषणा गर्न उपयुक्त भएको छ । जिल्ला समन्वय समितिमा बसेको समितिको बैठकले महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट समितिमा स्वयंसेविका हजमा विकलाई मनोनयनसमेत गरेको छ ।

त्यस्तै बैठकमा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले गाउँपालिकाको तयारी अनुसार पत्र प्राप्त भई स्वास्थ्य कार्यालयको अनुगमन भएकाले घोषणाको तयारी गरिएकोले यसमा सबै लागेर सफल पार्नु पर्ने बताए ।

कार्यालय प्रमुख सापकोटाले जिल्लाका अन्य सबैपालिका पूर्ण खोप घोषणा भइसकेका र पातारासी अन्तिम पालिका रहेको बताए । चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बुढ्थापाले पूर्ण खोप घोषणा भएकामा पनि कोही छुटेका छन् कि भनेर खोजी भइरहेको जानकारी दिए  ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ५० बजे

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं– नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५

१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया

काठमाडौं– सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न

रास्वपाबाट निलम्बित भए नेता कँडेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक