पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै « Khabarhub

पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिँदै


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने तयारी भएको छ । यही असार १५ गते पूर्ण खोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएका हो ।

गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको बैठकले घोषणा गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले असार १५ गते पातारासीलाई पूर्ण खोप घोषणा गर्ने भएको स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

उनका अनुसार पातारासी गाउँपालिकाले पूर्ण तयारी भइसकेको पत्र पठाएको र त्यसको थप अनुगमन गरेपछि घोषणा गर्न उपयुक्त भएको छ । जिल्ला समन्वय समितिमा बसेको समितिको बैठकले महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट समितिमा स्वयंसेविका हजमा विकलाई मनोनयनसमेत गरेको छ ।

त्यस्तै बैठकमा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले गाउँपालिकाको तयारी अनुसार पत्र प्राप्त भई स्वास्थ्य कार्यालयको अनुगमन भएकाले घोषणाको तयारी गरिएकोले यसमा सबै लागेर सफल पार्नु पर्ने बताए ।

कार्यालय प्रमुख सापकोटाले जिल्लाका अन्य सबैपालिका पूर्ण खोप घोषणा भइसकेका र पातारासी अन्तिम पालिका रहेको बताए । चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बुढ्थापाले पूर्ण खोप घोषणा भएकामा पनि कोही छुटेका छन् कि भनेर खोजी भइरहेको जानकारी दिए  ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ५० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान