विज्ञान र प्रविधिको विकास बिना समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत « Khabarhub

विज्ञान र प्रविधिको विकास बिना समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकास र समृद्धिको मूलधार भएकाले यसको विकासविना मुलुक समृद्ध हुन नसक्ने बताए।

समाजमा व्यापक रहेको गरिबी र बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिँदै उनले विकास र समृद्धिका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्म कामकाजलाई अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले राज्यको केन्द्रीकृत मानसिकताका कारण विज्ञान र प्रविधिको यथोचित विकास हुन नसकेको आरोप लगाए। विज्ञान प्रविधिको विकासलाई गति दिन प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्न लागेको मुख्यमन्त्री राउतको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। राष्ट्रिय युवा परिषद्ले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यसपटक मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको छ ।

नयाँ वैज्ञानिक आविष्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सम्मेलनमा सात वटै प्रदेशका करिब १५० जना सहभागिता रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

जनकपुरधामको मुझेलियास्थित होटेल राजदरबारमा दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानकर्ताको सहभागिता उपाध्यक्ष बस्नेतले बताए।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : २७ बजे

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,