प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (तस्बिरहरु) « Khabarhub

प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (तस्बिरहरु)


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : १८ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका