एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस « Khabarhub

एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृय जस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

अध्यक्ष थापाले पार्टीको बैठक समेत बनसाएको, चुनावी समीक्षाका लागि बेठक बोलाउन पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताए । बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए ।

उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे, सह–सहिच ममता प्रसाद चौधरी सहित अन्य पदाधिकारीको भने बैठकमा उपस्थिती रहेको थियो । एमाले स्रोतका अनुसार थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ ।

यही असार ६ गते मात्रै एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुदे स्पष्टिकरण सोधेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई ३ दिने स्पष्टिकरण सोधिएको थियो ।

असार ५ गते जिल्ला इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ९ : ४१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर