अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउँदा विश्वलाई नै फाइदा हुन्छ: चीन « Khabarhub

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउँदा विश्वलाई नै फाइदा हुन्छ: चीन


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, “अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ ।”

“बढ्दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायहरूले लाभ उठाउनेछन्,” मन्त्रालयका प्रवक्ता शु जुटिङले एक पत्रकार सम्मेलनमा बताए ।

दुवै पक्षको जीतको अवस्था (समाधानको मध्यविन्दु) खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण र परिस्थिति सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने उनले बताए ।

दुई देश र विश्वका जनतालाई लाभ पुर्‍याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृंखलाहरूको स्थिरता कायम राख्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : २८ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति