कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु « Khabarhub

कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको पन्ध्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट छलफलका लागि सभामा पेश गरे ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले औषधि विभागमा दर्ता नभएकालाई पशुस्वास्थ्यको तालिम दिइएको विषयमा सरकारको ध्यानाकर्षण गरे । त्यही क्रममा उनले चैतसम्म बजेट नहुने तर असारमा फालाफाल हुने र विकास गर्ने नभई खाने संस्कार एवं प्रवृत्ति कर्णालीमा बढ्दै गएको टिप्पणी गरे ।

उनले भने, “सङ्घीय सरकारसँग प्रस्ताव नराखी प्रदेश अस्पताललाई प्रतिष्ठानमा बदल्ने कुराले सङ्घ सरकारले बनाउने भनेको मेडिकल कलेज निस्तेज गर्ने तरिका होइन ?” नेता कँडेलले सरकारले सञ्चालन गरेका योजना विकास नभई व्यवसाय र धन्दामा परिणत भएको जिकिर गरे ।

त्यस्तै प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७६’ सरकारले फिर्ता लिने कुरा कदापि स्वीकार्य नहुने चेतावनी दिए ।

उनले सरकारले स्याउ तथा ओखर विकास परियोजना कहाँ हरायो ? कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टरको योजना कहाँ तुहायो ? भन्ने प्रश्न गर्दै ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रममा बजेट व्यवस्था नभएकोसमेत बताए । उनले कर्णाली समृद्धिको सपनालाई साकार पार्ने खालको पूँजीगत बजेटमा ध्यान दिन सरकारलाई सुझाव दिए ।

अर्का सदस्य सुशीलकुमार थापाले अहिले पनि प्रदेश सरकारले वितरणमुखी बजेट ल्याएको र कर्णाली प्रदेश कर्णालीकै कारण समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको विचार व्यक्त गरे । कर्णालीको गरिबी घटाउने, स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिनेगरी समावेशी र समानुपातिक बजेट ल्याउन सरकारलाई आग्रह गरे ।

प्रदेशसभाको अर्को बैठक यही असार १० गते शुक्रबार दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : १४ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो