कुमारी बैंकको भिसा कार्डमा विदेशबाट पठाएको रकम सीधै प्राप्त गर्न सकिने | Khabarhub Khabarhub

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट पठाएको रकम सीधै प्राप्त गर्न सकिने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्ने बैंकले जनाएको छ ।

विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताए ।

फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट/क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५,००० भन्दा बढीको भिसा डाइरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५०० प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : २४ बजे

धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’

लताप– साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा

गर्मी बढेसँगै मधेशका विद्यालयको पठनपाठन प्रभावित

रौतहट– चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित

नेपाल र भुटानबीच पर्यटन, ऊर्जा र कृषि विकास साझेदारीबारे छलफल

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेसनमा पठाउने

लस एन्जलस– अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले आगामी सोमबार

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने 

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री