भक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै « Khabarhub

भक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुर साङ्गीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौँ पटक स्मृति साँझ आयोजना गर्न लागेको हो ।

कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गुनगुनाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले बताए।

त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिनेछन् । कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, गुडविल कन्सन्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफएम १०५.४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेका छन् ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजका अध्यक्ष शाहीले जानकारी दिए।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शाहीले बताए । कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको जानकारी दिँदै शाहीले यस वर्ष बृहत्रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी भएको बताए । कार्यक्रम अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा हुनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ५४ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको