प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान आज « Khabarhub

प्रेस युनियनको नयाँ नेतृत्वका लागि मतदान आज


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन हेटौँडामा जारी छ।

अधिवेशनको दोस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। बिहान ११ बजे मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ।

एक हजार ६३० जना मतदाता रहेको युनियनको चुनावका लागि दिउँसो ४ बजेसम्म मतदान गर्न सकिनेछ। मतदानसकिए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन तालिका छ।

नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्। संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

हालसम्म एक उपाध्यक्ष र तीन जना सचिवसहित २० जनाभन्दाबढी केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका बताइएको छ।

समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : ५८ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल