पुष्पलालको स्मृतीमा ओलीले गरे कांग्रेसको आलोचना « Khabarhub

पुष्पलालको स्मृतीमा ओलीले गरे कांग्रेसको आलोचना


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद भिमदत्त पन्तको टाउको कांग्रेसले नै कटाएको आरोप लगाएका छन् ।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा ओलीले भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन ।’

त्यसक्रममा उनले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान दिन नसकेको टिप्पणी पनि गरेका छन् । भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेस सिरिंग हुने गरेको भन्दै ब्यङ्ग्य गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा कांग्रेसले जिम्मेवारी नलिएको र सहिद पनि नमानेको बताए । ‘उनले बम हानेका थिए भने कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।

सत्ता स्वार्थका कारण कांग्रेसले विगतमा आन्दोलन गर्नेहरुलाई सम्झिँन नसकेको बताएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : १३ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण