रुससँगको सम्झौतापछि युक्रेनले भन्यो- ‘१० अर्ब डलर बराबरको खाद्यान्न बिक्रीमा छ’ « Khabarhub

रुससँगको सम्झौतापछि युक्रेनले भन्यो- ‘१० अर्ब डलर बराबरको खाद्यान्न बिक्रीमा छ’


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग खाद्यान्नको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।

रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।

जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ११ : ३३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका