इमरान खानको पार्टीले पाएन पन्जाबको मुख्यमन्त्री, प्रदर्शनको तयारी | Khabarhub Khabarhub

इमरान खानको पार्टीले पाएन पन्जाबको मुख्यमन्त्री, प्रदर्शनको तयारी


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद – पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबमा मुख्यमन्त्री (सीएम) हम्जा शाहबाजको ‘आश्चर्यजनक’ विजयपछि आज शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

पञ्जाब विधानसभाको चुनावपछि पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल–एन) का उम्मेदवार हम्जा शाहबाज  पुन: पञ्जाबको मुख्यमन्त्रीको पदमा निर्वाचित भएपछि पीटीआई अध्यक्ष खानले जनतालाई सम्बोधन गर्न लागेका हुन् । उपसभामुखले पाकिस्तान मुस्लिम लिग–कायद (पीएमएल–क्यु)को १० मत खारेज गरेपछि हम्जाको जित सुनिश्चित भएको थियो ।

खानले पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का नेता आसिफ जर्दारीलाई पञ्जाबको मुख्यमन्त्री (मुख्यमन्त्री) चुनावअघि  ‘हर्स ट्रेड’को आरोप लगाएका छन् ।

यसैबीच, पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पीटीआईका उपाध्यक्ष शाह महमुद कुरेसीले पनि उपसभामुखको निर्णयको आलोचना गरेका छन् ।  हालै भएको पन्जाब विधान सभा निर्वाचनमा खानको पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआइ) विजयी भएको थियो ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ५६ बजे

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा