ट्राफिक प्रहरी कार्यालय पथलैयाद्वारा २२ करोड राजस्व संकलन  « Khabarhub

 ट्राफिक प्रहरी कार्यालय पथलैयाद्वारा २२ करोड राजस्व संकलन 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड बढी राजस्व संकलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरेको हो ।

आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व संकलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले दुई करोड १२ लाख ५१ हजार, धनुषाले एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले दुई करोड १६ लाख ३४ हजार ५००, बाराले दुई करोड ४५ लाख ६८ हजार र पर्साले दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व सकंलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख गरिएको छ ।

सो कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट रु १९ करोड १६ लाख ३७ हजार राजस्व सकंलन गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ४६ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र