करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप  | Khabarhub Khabarhub

करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउका छन् । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उनले प्रष्टयाएका छन् ।

नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहमतिमा करार अवधि थप नगर्ने निर्णय गरेको प्रष्ट पारे । 

गोलबजार नगरपालिकामा पूर्वमेयरले करारका कर्मचारीका नाममा एउटै घरको तीन तीन जनालाई करारमा राखेको बताए ।

गोलबजार नगरपालिकामा बिहीवार नगरप्रमुखको  कार्यकक्ष तोडफोड भएको विषयमा मेयर श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, शान्तिपूर्ण आन्दोलन भनिए पनि माओवादीका कार्यकर्ता र केही करारका कर्मचारीले सिटी बजाउँदै उगशैलीमा ढुंगामुंढा गरे’ ।  ‘मैले गल्ती गरेको छु भने कानुन छ, मविरुद्ध मुद्दा हाल्दा हुन्छ, मलाई कानुनले जे सजाय दिन्छ भोग्न त्यार छु ।’

माओवादी केन्द्रले गोलबजार नगरपालिका  कर्मचारी निस्कासन गरेको भन्दै विरोधका विभिन्न कार्यक्रम घोषणा गरेको छ । माओवादी कार्यप्रति आपत्ती जनाउँदै जनता समाजवादी पार्टीका प्रतिनिधि रामचलितर साहले नगरपालिकाभित्र गरिएको ढुंगामुढालगायत तोडफोड घटनाप्रति खेद प्रकट गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  २ : ३८ बजे

सतह सिँचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिँचाइ

नारायणगढ– सतह सिँचाइको व्यवस्था नभएको नौ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा