लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले « Khabarhub

लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बुद्धजन्मस्थल तथा विश्वभर रहेका बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरू मरेका छन् । निरन्तर पानी पर्न सुरु भएदेखि नै पोखरीका माछा मर्न थाले पनि शुक्रबार भने एकै पटक ४० वटा माछा मरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार पोखरीको पानीमा अक्सिजनको कमी हुँदा प्रत्येक बर्ष जसो माछाहरू मर्ने गरेका छन् । यस पटक पानीमा अक्सिजनको कमी भएर माछाहरू मरेको हुन सक्ने शाक्यले बताए । 

‘यो वर्ष पानी परेन गर्मीले पोखरीको पानी सुक्यो ।’ शाक्यले भने, ‘सिमसिम पानी परेपछि अक्सिजनको कमी भएर हुनसक्छ, ४० वटा माछा मरे ।’ पोखरीमा पानी कमी भइ अक्सिजनको कमी भएको हुनसक्ने भन्दै शनिवार पोखरीको पानी फेर्न सुरु गरेको शाक्यले बताए ।

पोखरीको माछा मर्न थालेपछि स्थानीयले कोषप्रति आक्रोश व्यक्त गरेका छन् । प्रत्येक वर्ष माछा मर्ने जानकारी कोषलाई भए पनि जोगाउन समयमै प्रयास नगरेको उनीहरूको आरोप छ । विश्व आस्थाको धरोहर मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्कर्णी पोखरीमा माछा, कछुवालगायत जलचर प्राणी  छ्न् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ५ : ०८ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र