‘विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन सकेनन्’ « Khabarhub

‘विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन सकेनन्’


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताए । 

सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निरन्तरता एमाले  भएको दाबी  गरेका छन् । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो’, उनले भने, ‘आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिष्ट आचरणभित्र पर्दैन ।’ 

एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरू सधैँ जनताको बीचमा देखिनुपर्ने बताए  । ‘पार्टीमा पद पाउनासाथ आफ्नो गाउँमा, क्षेत्रमा पाइला नटेक्ने कार्यकर्ताबाट चुनाव जित्न सकिँदैन, जनतामा माझमा पुगेर सुखदुःखमा जसले साथ दियो उसैले जित्छ’, उनले भने।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : ४७ बजे

आज पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र