कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्य सुधारोन्मुख « Khabarhub

कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्य सुधारोन्मुख


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् ।

शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए ।

उनलाई खानमा पनि अरूची छैन । प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई देखाउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए ।

कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए ।

“उहाँले अझै पनि राष्ट्रपतिको काम गरिरहनु भएको छ, उहाँको काम बन्द हुँदैन,” राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन् । शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिनन भर्चुअल बैठहरूमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ०१ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने