गृहमन्त्री खाणद्वारा विपद्‍मा प्रयोग हुने सवारी, उपकरण तथा सहायता सामग्री हस्तान्तरण « Khabarhub

गृहमन्त्री खाणद्वारा विपद्‍मा प्रयोग हुने सवारी, उपकरण तथा सहायता सामग्री हस्तान्तरण


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्‍मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण भएका सामग्रीमा आठवटा विपद् सामूहिक उद्दार एम्बुलेन्स छन् । यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत ‘ए क्लास’को एम्बुलेन्समा हुने सबै खालका उपकर जडान गरिएका छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर समेत उपचार गर्न सकिन्छ ।

शनिबार हस्तान्तरण गरिएका एम्बुलेन्स नेपालमा भित्रिएका पहिलो विपद् सामूहिक उद्दार एम्बुलेन्सहरु हुन् । ‘यी सवारी साधनमा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरुले समेत उपचारमा गाइड गर्न सकिन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारीग रेको विज्ञप्तिमा भनिएको छ ।

मोबाइल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ ।

यस्तै, गृहमन्त्री खाणले आज नै थप आठ वटा ‘ए क्लास एम्बुलेन्स’ हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्सहरु सातवटा प्रदेशमा एक–एक वटाका दरले वितरण गरिनेछ । एउटा काठमाडौं उपत्यकामा रहनेछ ।

यी एम्बुलेन्स सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुनेछन् ।

त्यसैगरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्दारका लागि आवश्यक पर्ने ‘सर्क एण्ड रेस्क्यु’ उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् ।

सोही अवसरमा प्राधिकरणले राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरेको अपाङ्गता सहायतासम्बन्धी सामग्रीहरू राष्ट्रिय अपाङ्ग कोष र केही लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टा लगायत छन् ।

असार २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदाममा रहेका अपाङ्गता सहायता सामग्री आगलागीमा जलेर नष्ट भएका थिए । गृहमन्त्री खाणले उक्त गोदामको साउन १ गते अवलोकन गरी सामग्री शीघ्र उपलब्ध गराइने प्रतिबद्धता जनाएका थिए ।

यी साधन तथा उपकरण प्राधिकरणले मल्टी डोनर ट्रस्ट फण्ड (एमडीटीएफ) र विश्व बैंकको सहयोगमा व्यवस्थापन गरेको हो । एमडीटीएपमा अमेरिकी सहयोग नियोग (युएसएड), बेलायती सहयोग नियोग (एफसिडिओ), क्यानेडिएन एड र स्विस एजेन्सी फर डेभलप्मेन्ट एण्ड कर्पोरेसनको सहयोग छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : १६ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको