१४ बुँदे घोषणापत्र जारी गदैँ धामी–झाँक्री सम्मेलन सम्पन्न « Khabarhub

१४ बुँदे घोषणापत्र जारी गदैँ धामी–झाँक्री सम्मेलन सम्पन्न


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी – कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।

महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछूत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण सिर्जना गर्न कुनै पनि किसिमको लैङ्गिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा घर–परिवारमा मर्यादित महिनावारीमैत्री बनाउन किशोरी, महिलालाई महिनावारी हुने पाँच दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिमा आत्मविश्वास बढाउनका लागि मर्यादित महिनावारीका बारेमा सूसुचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताका लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने सो घोषणापत्रमा भनिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री अमरबहादुर साउदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणपत्र कार्यान्वयन गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले महिनावारी भएको बेला हुने विभेद् विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे।

छाउपडी अर्थात् महिनावारीप्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि एक व्यक्ति लाग्नुभन्दा पनि सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : १९ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा