१४ बुँदे घोषणापत्र जारी गदैँ धामी–झाँक्री सम्मेलन सम्पन्न « Khabarhub

१४ बुँदे घोषणापत्र जारी गदैँ धामी–झाँक्री सम्मेलन सम्पन्न


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी – कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।

महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछूत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण सिर्जना गर्न कुनै पनि किसिमको लैङ्गिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा घर–परिवारमा मर्यादित महिनावारीमैत्री बनाउन किशोरी, महिलालाई महिनावारी हुने पाँच दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिमा आत्मविश्वास बढाउनका लागि मर्यादित महिनावारीका बारेमा सूसुचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताका लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने सो घोषणापत्रमा भनिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री अमरबहादुर साउदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणपत्र कार्यान्वयन गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले महिनावारी भएको बेला हुने विभेद् विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे।

छाउपडी अर्थात् महिनावारीप्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि एक व्यक्ति लाग्नुभन्दा पनि सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : १९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध