अवैध कपडा, युरिया मल र सुर्ती बरामद « Khabarhub

अवैध कपडा, युरिया मल र सुर्ती बरामद


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – रत्न राजमार्गको नेपालगञ्ज–सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेशनाका भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै पनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

त्यस्तै भेरीगङ्गा–१२ सुर्खेत सल्लिचोकस्थित इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिइगएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कप्र(२)१ख ०५८७ नंको फोर्स गाडीमा जाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेतस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा३ख ४०९३ नंकोे फोर्स गाडी जाँच गर्दा उक्त गाडीमा बेवारिसे अवस्थामा रहेका तीनवटा जेब्रा झोलामा जम्मा ६३ पिस लेडिज कुर्ता सुरुवालको काँचो कपडा फेला पारी बरामद गरिएको छ ।

बरामद वस्तुको थप अनुसन्धान थालिएको छ । अवैध सबै वस्तु शुक्रबार राति १०ः०० बजेपछि बरामद गरिएको र नियन्त्रणमा लिएका सबै गाडी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ५६ बजे

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका