नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका जनवर्गीय सङ्गठनको राँके जुलुस प्रदर्शन « Khabarhub

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका जनवर्गीय सङ्गठनको राँके जुलुस प्रदर्शन


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संसदबाट पास भएको नागरिकता बिधयेकविरुद्ध राप्रपा नेपालसम्बद्ध सम्बद्ध जनवर्गीय संगठनहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पु¥याउने उनीहरुको दाबी छ ।नागरिकता कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको बताए । उनीहरुले सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने बताएका छन् । साथै विवाह गरेर आएकालाई समय सीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने माग गरेका छन् ।

उनीहरुले विवाह गर्नासाथ कुनैपनि विदेशी नागरिकले तत्काल नागरिकता पाउने नीति विश्वमै कहीँ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउने कुरामा दुईमत नभएतापनि विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने विषय स्वीकार्य नहुने बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ११ बजे

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ– प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका