भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु « Khabarhub

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।

नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीलाई मतदाता नामावली, मतदान प्रक्रिया, गोप्य मतदानको महत्व तथा लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो ।

प्रमुख सुवेदीका अनुसार विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रम २०८२ अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । ‘विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मतदाता शिक्षा पुर्याउने हाम्रो लक्ष्य हो’, उनले भने ।

मुख्य रूपमा कक्षा ११ र १२ विद्यार्थीलाई लक्षित गरेर विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए ।

विद्यालयलाई लक्षित गरेर निर्वाचन कार्यालयले सञ्चालन गरिरहेको यो कार्यक्रम प्रभावकारी रहेको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा एक लाख २५ हजार ७६६ मतदाता सहभागी हुनेछन् ।

मतदाता शिक्षा कार्यक्रमले निर्वाचनप्रति जनचासो बढाउनुका साथै जिम्मेवार र सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : १५ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै