नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका जनवर्गीय सङ्गठनको राँके जुलुस प्रदर्शन « Khabarhub

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका जनवर्गीय सङ्गठनको राँके जुलुस प्रदर्शन


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संसदबाट पास भएको नागरिकता बिधयेकविरुद्ध राप्रपा नेपालसम्बद्ध सम्बद्ध जनवर्गीय संगठनहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पु¥याउने उनीहरुको दाबी छ ।नागरिकता कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको बताए । उनीहरुले सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने बताएका छन् । साथै विवाह गरेर आएकालाई समय सीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने माग गरेका छन् ।

उनीहरुले विवाह गर्नासाथ कुनैपनि विदेशी नागरिकले तत्काल नागरिकता पाउने नीति विश्वमै कहीँ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउने कुरामा दुईमत नभएतापनि विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने विषय स्वीकार्य नहुने बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ११ बजे

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट