‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक « Khabarhub

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिनुभयो । संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम्म पुगी अध्ययन गर्नेका लागि सो पुस्तक कोशेढुङ्गा सावित हुने डा कन्हैया झाले बताए ।

इतिहासविद् तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकालदेखि गणितसम्मत रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको वर्तमान पनि मरितूल्य हुने धारणा व्यक्त गरे।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले डा कायस्थद्वारा लिखित पुस्तकले आगामी पुस्तालाई नेवाः संस्कृतिका सम्बन्धमा ज्ञान आर्जन गर्न सहायक सिद्ध हुने बताए ।

विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ । पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन् ।

नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व जस्तै दसैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृतरुपमा उल्लेख छन् । कार्यक्रममा वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे, मनजित मल्ल र दीपक कायस्थले विमोचित पुस्तकको विशेषता र महत्वबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : २२ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि