नवजात शिशु नखेल्ने, नरुने, दूध नखाएमा जोखिम हुन्छ « Khabarhub

नवजात शिशु नखेल्ने, नरुने, दूध नखाएमा जोखिम हुन्छ

‘भर्खर जन्मेको बच्चालाई किनेर दूध खुवाउनु हुँदैन’



काठमाडौं- गर्भवती, सुत्केरी र प्रसूति अवस्था महिलाको लागि विशेषज्ञ अवस्था हो । तर यही अवस्थामा उचित हेरचाह हुन सकेन भने धेरै समस्याले सताउन सक्छ । भर्खरै जन्मिएको शिशुलाई र आमालाई हेरचाहको निकै आवश्यकता पर्दछ । भर्खरै जन्मिएको शिशुमा कस्ता समस्या देखा पर्छन् र नवजात शिशु र साना बालबालिकाको स्याहार कसरी गर्ने ? यी नै विषयमा आधारित भएर वरिष्ठ बाल रोग विशेषज्ञ डा. रिता सिंहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

भर्खरै जन्मेको शिशुहरूमा कस्ता कस्ता समस्याहरू देखा परेका छन् ?
भर्खरै जन्मेको शिशुहरूमा समय भन्दा अगाडि जन्मेको सानो जन्मेको गर्भावस्थामा आमालाई समस्या भएर जन्मिएको बच्चामा विशेष ध्यान दिनु पर्दछ । अरू बच्चामा पनि ध्यान दिनु पर्दछ । सानो बच्चाहरू हरेक किसिमबाट नाजुक हुन्छन् । पहिलादेखि नै एकदमै तेल घस्नै पर्ने, राति सेकाउनै पर्ने चलनहरू छ । यो बच्चाको अवस्था हेरेर कोठाको तापक्रम हेरेर हुन्छ । हिजो आज जस्तो यो गर्मी मौसममा देखिने घमौराहरू पसिना खटिरा हुन्छन् । सफासुग्घर नगर्नाले बच्चामा साधरणतया इम्युनिटी पावर कम हुन्छ र छिटो इन्फेक्सन हुन्छ । ११ दिनसम्म सुत्केरीलाई छुनु हुँदैन भनेर अलग्गै राख्ने प्रचलन छ । त्यो भनेको सुत्केरीलाई सफा राख्ने अलग्गै भनिएको हो । तर, हाम्रोमा एक्लै राख्ने चलन छ । त्यसैले अरू बिरामीबाट टाढा राख्नु राम्रो हो । जुन घरमा भर्खर बच्चा आएको छ भने त्यो घरमा चाडबाड नमनाऊ भनेर सुतक लाग्छ भनिएको हो । अरू झमेलामा परे भने सुत्केरी र बच्चालाई समय नपुग्ला भनेर हो । एकदमै महत्वपूर्ण भनेको आमाको दूध खुवाउनु पर्दछ ।

बच्चामा समस्या देखा नपरोस् भनेर नवजात शिशु तथा साना बालबालिकाको स्याहार कसरी गर्ने त ?
नवजात शिशु तथा साना बालबालिकामा लाग्ने रोग भनेको रुघा खोकी ज्वरो, झाडापखाला, वान्ता यो सबैमा सफाई गर्नु पर्दछ । अहिले हामीले कोभिडबाट धेरै कुरा सिकेको छौ । कसरी मास्क लगाउने, साबुन पानीले कसरी हात राम्ररी धुने भनेर सिकेका छौँ । त्यसैले यो समस्याबाट बच्ने उपायहरू पनि त्यही नै हो । बच्चाहरूमा सफा पानी तताएर सेवन गर्ने बाहिरका खानाहरू चना चटपटे तिनीहरूले पनि असर गर्दछन् । त्यसैले ती निषेध गर्नु पर्दछ । ठेउला दादुराको खोप लगाउने गर्नुपर्दछ । पहिला बच्चालाई के कारणले समस्या भएको छ, त्यो जाँच गरेर उपचार गर्न सकिन्छ । घरको खाना खाने त्यसबाट बच्चामा किटाणुको संक्रमण हुनबाट बचाउने शक्ति तिनीहरूले नै दिन्छ । बाहिरको खाना भनेको जिब्रोको स्वाद मात्र हो ।

घरमा नै कस्तो कस्तो खानेकुरा दिँदा पोषणयुक्त हुन्छ ?
घरमा बनाएको सबै राम्रो हुन्छ । दाल भात तरकारी जसमा स्वाद बढाउने अजिना मोटोहरूको प्रयोग गरेको हुँदैन । फ्रेस तरकारीहरू बनाएर खाने । फलफूल पनि लोकल खाए धेरै राम्रो, मकै भटमास सबै पोसिलो चिज हो । बजारको जुस भन्दा फलफूल नै खाँदा राम्रो हुन्छ ।

कसैले शिशुलाई आमाले आफूसँग नराख्ने वा कोही काम गर्ने मान्छेसँग राख्ने गर्नु हुन्छ । दूध खुवाउन पनि अर्को मान्छे राख्ने गरेको पाइन्छ, त्यो गर्नु कतिको उपयुक्त मानिन्छ ?
अरू आफन्तले आमा र बच्चालाई छुट्टै राख्नु हुन्छ । तर, आमा र बच्चालाई सँगै राख्नु पर्दछ । आमाले नै बच्चाको सम्पूर्ण कामहरू गर्न सकिन्छ । यदि सहयोग गर्ने मान्छेहरू छ भने राख्न सकिन्छ । तर, विदेशमा त त्यो पनि हुँदैन । नेपालमा कसैले त पैसा तिरेर नै राख्नुहुन्छ । उहाँले त खाना बनाउने घर सफा राख्न सक्नुहुन्छ । तर, त्यो बच्चालाई तेलहरू लगाउने त आमाले नै गर्नु पर्दछ । नरम हातले त्यो बच्चालाई तेल लगाउनु पर्दछ । त्यसैले यो काम आमाले नै गर्नु पर्दछ ।

नवजात शिशुमा घरमा लगेपछि कस्तो लक्षण देखा पर्याे भने यो जोखिम हुदैँछ भनेर थाहा पाउन सक्छौँ हामीले ?
सामान्य समस्या भनेको जन्डिस हुने, डाइरिया हुने हुन्छ । त्यसको लागि त्यति आत्तिनु हुँदैन । त्यो जन्डिस अलि बढ्यो भने खतरा हुने हुन्छ । तर, सामान्य जन्डिसमा आत्तिनु पर्दैन । त्यसको लागि लुगा खोलेर नाङ्गै कलिलो बिहानको घाममा १५ देखि २० मिनेट राख्ने, बच्चाको उमेर १५ दिनसम्म जन्डिस बढ्दै जान्छ । कतिपय पिचिपिचि दिसा गर्याे भनेर आउनु हुन्छ, यसमा पनि अलिअलि गर्नु धेरै जसो सामान्य नै हो । त्यो आन्द्राको पचाउने क्षमता कम हुन्छ र अपच भएर फाल्छन् । त्यो पनि विस्तारै निको हुन्छ । तर धेरै नै पिचिपिचि दिसा गर्याे भने डराउनु पर्दछ । इन्फेक्सन वा अन्य समस्या पनि हुन सक्छ । त्यसको लागि अस्पताल गएर दिसा जाँच गर्नु पर्दछ । अरू समस्यामा बच्चा एक्टिभ नहुने, नरुने, दूध नखाने भयो भने सेफ्टिकको डर हुन्छ । सेप्टिक भनेको नवजात शिशुको लागि खतरनाक चिज हो । बेलैमा एन्टिबायोटिक दिनु पर्ने हुन्छ । आईसीयूमै राख्नु पर्ने अवस्था पनि आउन सक्छ । किनभने सेप्टिक भयो भने मेनिन्जाइटिसहरु हुने बन्दै गरेको शरीरको, ब्रेनको लागि त्यो खतरानक हुन्छ । कुनै बच्चाले दूध खाँदैन जन्डिस छ भने तुरुन्तै परार्मश लिनु पर्दछ ।

धेरै आमाहरु पहिलो पटक हो भनेर आत्तिएको देखिन्छ उहाँहरुलाई के भन्नुहुन्छ ?
हामी त नयाँ हो भनेर आत्तिनु पर्दैन । केही थाहा छैन भन्नु पर्दैन । किनभने बच्चा जन्माउनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । जुनसुकै स्तनधारी जनावरले बच्चा जन्माएको हुन्छ । त्यसैले साधारण तरिकाले लिनुपर्छ । धेरै बाहिरको चिजहरू नखाने, धेरै कृत्रिम चिजहरू प्रयोग नगर्ने, बाहिरको दूधहरू नखुवाउने, जति सक्दो प्राकृतिक रूपमा नै बच्चाको हेरचाह गर्नुपर्छ । नबुझेको कुरा केही आए जान्नेसँग सल्लाह माग्न सकिन्छ । सामस्या भएको खण्डमा चिकित्सकसँग परामर्श गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ०४ बजे

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४