विश्व इतिहासमा आजः जर्मनीमाथि युद्ध घोषणा भएको दिन « Khabarhub

विश्व इतिहासमा आजः जर्मनीमाथि युद्ध घोषणा भएको दिन


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ ७ गते मंगलबार। सन् २०२२ को अगस्ट २३ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

– सन् २०११ अगस्ट २३ मा भर्जिनियाको मिनिरलमा गएको ५.८ म्याग्निच्यूडको भूकम्पले ‘वासिङ्टन मोन्यूमेन्ट’ क्षतिग्रस्त भएको थियो।

– सन् २००६ अगस्ट २३ मा अष्ट्रियाली किशोरी नताशा क्याम्पस ८ वर्षपश्चात कब्जाबाट भागेकी थिइन्। उनलाई १० वर्षको उमेरमा वोल्फगैंग प्रिक्लोपिलले अपहरण गरेको थियो।

– सन् १९९६ अगस्ट २३ मा ओसामा बिन लादेनले ‘दुई धार्मिक स्थानमाथि कब्जा गर्ने अमेरिकाविरुद्ध युद्ध घोषणा गरिएको छ’ भन्ने सन्देश प्रवाह गरेका थिए।

– सन् १९९० अगस्ट २३ मा आर्मेनियाले सोभियत यूनियनको अधिनबाट स्वतन्त्र भएको घोषणा गर्यो। यूएसएसआरले आर्मेनियालाई सन् १९९२ मा अतिक्रमण गरेको थियो। सन् १९३६ सम्म आर्मेनिया टीएसएफएसआर, अजरबैजान र जर्जियाको भाग थियो। अर्मेनियाले औपचारिक रुपमा सन् १९९१, २१ सेप्टेम्बरमा स्वतन्त्रता प्राप्त गर्यो।

– सन् १९६६ अगस्ट २३ मा चन्द्रमाबाट पृथ्वीको पहिलो तस्बिर लिइएको थियो। चन्द्रमामा गएको नासाको ‘लुनार अर्बिटर १’ ले ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो खिचेको थियो। ‘लुनार अर्बिटर १’ अमेरिकाको यात्रुबिहीन पहिलो अन्तिरक्ष यान थियो।

– सन् १९४४ अगस्ट २३ मा दोस्रो विश्व युद्धमा रोमनियाले आफ्नो पक्ष परिवर्तन गर्यो। रोमनियामा भएको एक कुपश्चात सो राष्ट्रले एक्स्सिबाट एलाइस शक्तितर्फ लाग्यो। विशेषज्ञहरुका अनुसार रोमनियाको यस निर्णयले दोस्रो विश्व युद्ध केहि महिनाले घटेको थियो।

– सन् १९४४ अगस्ट २३ मा पेरिसको आइफिल टावरको वरिपरि जर्मन एसएस इन्जिनियरले विष्फोटक सामाग्री राख्न सुरु गरेका थिए।

– सन् १९३९ अगस्ट २३ मा मोलोटोभ-रिबेनट्रोप सम्झौतामा जर्मन विदेशमन्त्री जोआकिम भोन रिबेन्ट्रोप र सोभियत विदेशमन्त्री व्याचेस्लाव मोलोटोभले हस्ताक्षर गरेका थिए। सो सम्झौता अनुरुप यूएसएसआर यूरोपसँग युद्धमा संलग्न नहुने उल्लेख गरिएको थियो।

– सन् १९१४ अगस्ट २३ मा जापानका सम्राटले जर्मनमाथि युद्ध घोषणा गरे।

– सन् १९०४ अगस्ट २३ मा संयुक्त राज्य अमेरिका पेटेन्ट अफिसले ‘स्नो चेन’ को पेटेन्ट न्यूयोर्कका ह्यारी डी वीडलाई प्रदान गर्यो।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : १८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर