पाकिस्तानमा पोलियोका बिरामी बढे « Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढे


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेका छन् । यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमण देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएका छन् ।

पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना कार्यान्वयन गर्दै आएको छ ।

केही साताअघिसम्म खोप अभियानमा खटिएका दुई सुरक्षाकर्मीको हत्या भएको थियो । उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप समूहलाई सुरक्षा गर्ने दुई सुरक्षाकर्मीलाई बन्दुकधारीले गोली हानेर हत्या गरेका थिए ।

पाकिस्तानमा पोलियो खोप अभियानकर्मी निरन्तर निशानामा पर्ने गरेका छन् । खोप विरोधी भावनाका कारण आतंकवादीहरूले धेरै पोलियो कार्यकर्ता र उनीहरूका गार्ड मारिने गरेका छन् । खोपमा सुँगुरको बोसो हुन्छ भन्ने विश्वास उनीहरूको छ । पाकिस्तान र अफगानिस्तान मात्र देशहरू हुन्, जहाँ पोलियोले महामारीको रूप लिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : १५ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन