बालुवाटारमा देउवा के सोचिरहेका छन् ? « Khabarhub

बालुवाटारमा देउवा के सोचिरहेका छन् ?

जसलाई कांग्रेसको भन्दा माओवादी र समाजवादीको चिन्ता छ !


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : २०७४ सालको चुनावमा लज्जास्पद हारसँगै पाँच वर्षका लागि प्रतिपक्षमा थन्किएको नेपाली कांग्रेस भाग्य भरोसाका कारण अहिले सत्तामा छ । माओवादी र एमाले मिलेर कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा सीमित गर्दा पनि सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आत्तिएका थिएनन् ।

कम्युनिष्ट मिलेपछि के लाग्छ ? भन्दै उनी प्रतिपक्षमा बसिरहेका थिए । देशको सबैभन्दा लामो प्रजातान्त्रिक पार्टी यति धेरै कमजोर, यति निरीह र सुस्त भएको त्यो पहिलोपटक थियो । जसको कारण सभापति शेरबहादुर देउवाको कमजोर नेतृत्व मानिन्थ्यो ।

न संसदमा कुनै रणनीति बनाउन सक्ने । न त सडकमा नै प्रतिपक्षको रुपमा आवाज निकाल्न सक्ने । देउवाका यी दुवै क्षमता लुप्त छन् । सत्तामा बसेर चेसको जसरी गोट्टी चाल्न देउवा सिपालु छन् । पाँच वर्षको प्रतिपक्षी जनमत भएपनि माओवादी र एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीको साथले सत्ताको बागडोर सम्हालेका देउवा अहिले त्यही चेस खेलिरहेका छन् ।

नजिकिदो चुनाव र सत्ता गठबन्धनमै सिट बाँडफाँडको सकस देखिएका बेला साच्चै बालुवाटारमा बसेर देउवा के सोचिरहेका छन् ? यो सोचनीय विषय हो । तर देउवा जे सोचिरहेका छन्, त्यो सोचनीय छैन । त्यो चाँही कांग्रेसका लागि होस् वा चुनावका लागि नै । देउवा जे सोचिरहेका छन्, त्यो अहिले प्रतिपक्षमा खुम्चिएको एमालेका लागि पनि पर्ख र हेरको दाउ बनेको छ ।

साच्चै देउवा के सोचिरहेका छन् ?

हालै नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता आएपछि सत्ता गठबन्धनमा एक किसीमको तरंग आयो । जसलाई भजाएर फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी दाउ खेल्छन् कि भन्ने त्रास प्रचण्ड, देउवा र माधव नेपालमा थियो ।

तर हिजोको समयमा आफैँले अध्यादेशबाट ल्याउन खोजेको नागरिकता विधेयक अहिले हुबहु पास गरेर ओलीलाई जवाफ दिन सकिने ठाउँ भएपछि देउवा नेतृत्वको सत्ता गठबन्धन फेरि त्यसलाई हुबहु पारित गरेर शीतलनिवासमाथि सत्ताको शक्ति देखाउन खोजिरहेको छ ।

जनताबाट निर्वाचित सांसद र सरकारको सम्मान गर्न पनि देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण नागरिकता विधेयकबाट गराउन चाहन्छन् । हिजोका दिनमा ओलीले रातारात संसद विघटन गरेको विषय क्षणभरमै सदर गरेर संविधान मिच्ने राष्ट्रपतिले आज संसद, सरकार र सांसदले पारित गरेको विषय रोक्न सक्ने अधिकार नभएको जिकिर देउवा गरिरहेका छन् ।

अब देउवा केवल नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सत्ता केन्द्रित हुन चाहन्छन् । यसका लागि उनी सत्तामा रहेका माओवादी र समाजवादीलाई पूरा विश्वासका साथ चुनावमा लिन चाहन्छन् । एक्लै धेरै ठूलो बहुमत ल्याउनेभन्दा आफू फेरि एकपटक प्रधानमन्त्री बन्ने चाहनामा देउवा अडिग छन् ।

सोही कारण उनले कृष्णप्रसाद सिटौलालाई सिट बाँडफाँडको जिम्मा दिएका छन् । सिट बाँडफाँडमा पनि उनले ठुल्लो हिस्सा आफै राख्नेमा चट्टानी अडान राखेका छैनन् । उनले केवल कांग्रेसले पार्टीका हिसाबले केही ठूलो सिट दिएर माओवादी र समाजवादीलाई पूरा सम्मान र अझै पाँच वर्ष सहकार्य हुने गरि सिट दिन चाहेका छन् । जसले गर्दा उनी फेरि एकपटक प्रधानमन्त्री बन्ने चाहना पूरा गर्न सकून ।

कम्युनिष्ट फूटलाई निरन्तरता दिनुपर्ने दाउ

देउवा यसका लागि चुनावलगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि तयार छन् । तर फर्स्ट लेडी आरजु राणा देउवाको महत्वांकाक्षालाई पनि उनले बुझेका छन् ।

त्यसमाथि गगन थापा आफैँ प्रस्तावित प्रधानमन्त्री बनेर चुनाव जानुपर्नेमा दबाब दिइरहेका छन् । यस्तो बेला गगनको प्रधानमन्त्री चाहनाभन्दा देउवा बरु चुनावलगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि तयार छन् । तर यसका लागि देउवाले प्रचण्ड र माधव नेपाललाई अहिले सत्ता गठबन्धनबाट उम्किन दिनुहुँदैन । नभए फेरि प्रचण्डलाई चुनावलगत्तै प्रधानमन्त्री दिएर ओली वाम गठबन्धन बनाउन पछि पर्दैनन् ।

देउवाले यसलाई पनि राम्ररी तौलेर हेरेका छन् । यो भएको खण्डमा मात्रै देउवाले आगामी चुनावमा आफूलाई सुरक्षित गर्न सक्छन् । त्यसमाथि स्वतन्त्र भनिएका युवाहरुको जमातले शीर्ष नेता सबैलाई हराउन अभियान चलाइरहेकाले आफूसँगै अरुलाई पनि सुरक्षित हुनुपर्ने विषय गम्भीर बनाउनुपर्ने आवश्यकता छ ।

त्यसका लागि देउवा शेखर कोइराला, गगन थापा, पुर्ण खड्का सबैलाई विश्वासमा लिएर सत्ता गठबन्धन बलियो बनाउनेमा ध्यान केन्द्रित गरिरहेका छन् । चुनावपछि देउवा कांग्रेसको प्रभाव कायमै राख्नका लागि पनि अहिलेको कम्युनिष्ट फूटलाई निरन्तरता दिनुपर्ने बाध्यतामा छन् । बरु त्यसका लागि उनीहरुले खोजेको पद र स्वार्थपूर्ति गर्न दिनुपर्ने बाध्यतामा पनि देउवा छन् ।

चुनावपछि आफूले खोजेको सत्ता, सिट संख्या र सरकार भएपछि देउवा फेरि पाँच वर्ष सके बालुवाटार नसके बुढानिलकण्ठबाटै मुलुक चलाउन चाहन्छन् । यति गर्दा कम्तीमा ७ पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणीलाई पनि सम्भव पार्न सक्ने देउवाको मनस्थिती छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ४६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि