मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती « Khabarhub

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुन सकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् ।

मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो । यसले गर्दा खोला वारपार गर्न अहिले यस भेगका नागरिकलाई ठूलो समस्या छ । बाढी आएको यतिका समय बितिसक्दासमेत दिगो हिसाबले कुनै पनि काम नहुँदा गुनासो गर्छिन् मेलम्चीका तारा बानियाँ । पुल नहुँदा गर्भवती, बिरामीलाई धेरै समस्या रहेको पाँचपोखरी भोताङका निमा तामाङले बताइन्।

गत वर्ष पनि नगरपालिकाको सहयोग र नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा अस्थायी रूपमा ह्युमपाइप हालेर यातायातका साधन आवतजावतमा सहज बनाइएको थियो । यस वर्ष पनि दशैँअगावै पुनः ह्युमपाइप हाल्नुपर्ने बजारवासीको माग छ । मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुस्कर धितालले अस्थायी संरचनाभन्दा पनि स्थायीरूपमै यस्ता समस्याको समाधान खोज्नुपर्ने बताए।

मेलम्ची नगर पालिकाले पनि स्थायी संरचना बनाउन प्रदेश र सङ्घ सरकारको पटक–पटक ध्यानाकर्षण गराएको जनाएको छ । तत्कालका लागि ह्युमपाइप नै हाले पनि बेलिब्रिज वा पक्की पुलका लागि पहल भइरहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । बाढी आएको केही समयपछि तत्कालीन प्रधानमन्त्री, विभागीय मन्त्रीदेखि राजनीतिक दलका उच्चपदस्त व्यक्तिले विभिन्न प्रतिबद्धता र आश्वासन दिए पनि अहिलेसम्म काम हुन सकेको छैन । बाढी प्रभावितलाई आश्वासन नभएर राहत चाहिएको सरोकारवाला निकायले बुझ्न आवश्यक छ ।

मेलम्ची नगरको खानेपानीसँग आग्रह

मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्र गर्न आग्रह गरिएको छ । सोमबार मेलम्ची नगरप्रमुख तामाङ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेल, सिनियर डिभिजनल इञ्जीनियर पदमबहादुर कुँवरलगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

मेलम्ची नगरप्रमुख तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्र गरिदिन खानेपानीसँग आग्रह गरिएको हो । नगरपालिकाको मागका विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।

आलुको उत्पादन पाँच गुणाले बढ्ने

पाँचपोखरी थाङपाल गाउँपालिकामा यस वर्ष विगतको भन्दा पाँच गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन सुरु भएको हुँदा पहिलेको भन्दा करिब पाँच गुणाले स्थानीय आलुको उत्पादन बढेको अनुमान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए।

गाउँपालिकाले स्थानीय आलु उत्पादनलाई प्रोत्साहनका लागि आर्थिक तथा प्राविधिक तवरले सक्दो सहयोग गरेको गिरीले बताए। भण्डारण, प्राविधिक तथा अन्य धेरै क्षेत्रमा पालिकाले सहयोग गरेको गिरीले बताए । गाउँपालिकाको सहयोगले पनि आलु खेती गर्न प्रोत्साहन मिलेको पाँचपोखरी  थाङपाल गाउँपालिका–५ गुन्साका आलु उत्पादक किसान पासाङ लामाले बताए।

पहिला आलुमा के रोग लागेको थाहा हुँदैन थियो तर अहिले सामान्य समस्या हुँदासमेत प्राविधिक सल्लाह पाइन्छ । यसले गर्दा अझै खेती गर्न हौसला मिलेको लामाको भनाइ छ । ३५ रोपनी जमिनमा खेती गरेका लामाले १० हजारदेखि १५ हजार किलोसम्म आलु उत्पादन हुने अनुमान गरेको गिरीले बताए। उनीजस्तै धेरै जनाले अहिले यो पेसा सुरु गरेका बताए । प्रदेश सरकारले दिने कृषि अनुदान जसले कृषि गर्दैनन् उनीहरूले पाएको र कागजमा खेती गरेको आधारमा अनुदान वितरण गरेको भन्दै प्रदेश सरकारको अनुदान वितरण प्रक्रियाप्रति समेत लामाले असन्तुष्टि जनाए।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : २२ बजे

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा