बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. टीकापुर घटनाको ७ पुरा
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज सात वर्ष पूरा भएको छ ।

२०७२ साल भदौ ७ गते आजकै दिन भएको घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरी हाल जन्म कैदको सजाय भोगिरहेका छन् ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आजको दिनलाई ‘विद्रोह दिवस’का रूपमा मनाउने भएको छ ।

२. प्रतिनिधिसभा बैठक आज पनि 
प्रतिनिधिसभाको आज बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने तयारी गरिएको छ ।

केहिबेरमा बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूची रहेको छ ।

कानून मन्त्री कोइरालाले आज बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धमा बनेको विधेयक पेश गर्ने तयारी रहेको जानकारी दिए।

३. महाअभियोग सिफारिस समितिको दोस्रो बैठक बस्दै
महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । यसअघि समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।

समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले आज दिउँसो २ बजे बस्ने बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची रहेको जानकारी दिए। साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए ।

४. एमालेको चुनाव केन्द्रित बैठक आजबाट सुरु
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएका छन् ।

आज स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरेको हो ।

आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ ।

५. समान तलब बनाउन समिति गठन
पूर्व मुख्यसचिवको लिलामणि पौडेलको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ । एउटै तहका कर्मचारीहरूको तलब समान बनाउनका लागि पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

६. मिटरब्याजमा सोचेभन्दा धेरै उजुरी 
गृह मन्त्रालयमा हालसम्म एक हजार ९ सय ३७ वटा मिटरब्याज पीडितहरूले उजुरी दिएको पाइएको छ । गृह मन्त्रालयले मिटरब्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणले भदौ ५ गतेसम्म एक हजार नौ सय ३७ वटा उजुरी आएको बताएका छन् । सबै उजुरीमाथि छानबिन गरी कानून अनुसार कारबाही गर्ने गृहमन्त्री खाणले बताए।

७. राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १४६ औँ जन्मजयन्ती मनाइँदै
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको आज १ सय ४६ औँ जन्मजयन्ती मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले जयपृथ्वीबहादुर सिंह र मानवतावाद विषयमा विचार गोष्ठीको आयोजना गरेको छ ।

सरकारले गत असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु चिनाउन सिंहको योगदान रहेको पाइन्छ ।

८. दाङमा बिहानै टिपरमा आगजनी
दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

प्रहरीका अनुसार टिपर चालकले बिहान चार–पाँच जनाको समूहले आगजनी गरी भागेको बताएका छन् । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी कसले ग–यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।

९. हाइटीका प्रधानमन्त्रीको राजीनामा माग 
क्यारेबियन राष्ट्र हाइटीमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले धरपकड गर्दा कयौँ प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी पोर्ट ओ प्रिन्समा भेला भएका हजारौँ प्रदर्शनकारीले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरुद्ध गर्नुका साथै भौतिक सम्पत्ति समेत नष्ट गरेपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

पेट्रोल र डिजेलको अभाव भएपछि सहज आपूर्तिको माग गर्दै प्रदर्शनकारीहरूले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा समेत माग गरेका छन् ।

१०. सिरी ए फुटबलमा बराबरीमा रोकियो युभेन्ट्स
इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा युभेन्ट्सले साम्प डोरियासँग गोलरहित बराबरी खेलेको हो ।

साम्पडोरियाको मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा युभेन्ट्स जितबाट वञ्चित भएको हो । यस्तै खेलको ६५ औँ मिनेटमा युभेन्ट्सका एड्रियन राबिओटले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

बराबरीसँगै युभेन्ट्सले २ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ३१ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक