‘नेतामा देश बनाउने सोच नै छैन’ | Khabarhub Khabarhub

‘नेतामा देश बनाउने सोच नै छैन’


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरीको विशेष सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। प्रदीप गिरीलाई राजनीतिमा कांग्रेस मात्र होइन अरू दलहरूले पनि बौद्धिक नेता, देशमा लोकतन्त्र ल्याउनका लागि र लोकतन्त्र बचाई राख्नका लागि योगदान गरेको भन्दै सम्मान गरेका छन्। समाजवादी चिन्तक भनेर उनलाई सबैले चिन्ने गरेका थिए। प्रदीप गिरीबाट अहिलेको पुस्ताले के सिक्ने, उनी जस्तो नेता जसले देशका लागि जुन खालको योगदान गर्नु भएको थियो त्यो योगदानलाई कांग्रेसले कसरी सम्झना गर्छ। यस्तै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

प्रदीप गिरीलाई तपाईं व्यक्तिगत रूपमा कसरी सम्झिनु हुन्छ ?
भौतिक सुख सुविधाको सदुपयोग गर्ने बेलामा एउटा व्यक्तिले त्यसको कम उपयोग गर्दै नेपाली समाजलाई रूपान्तरण गर्ने, मानव कल्याणको लागि सोच्ने सरल नेताका रूपमा बुझ्छु। अहिलेको समाजमा उहाँ पूर्वीय प्रशिक्षणबाट आउनु भएकोले युवाहरूलाई फोकस गर्नुहुन्थ्यो। उहाँमा कुनै लोभ लालच थिएन। उहाँमा मानवताले कसरी काम गर्न सक्छ यो मुलुक कसरी बन्नसक्छ भन्ने मात्र सोच थियो।

उहाँबाट नेपाली कांग्रेसले कयौँ कुरा सिक्नुपर्ने थियो होला। तर, त्यो व्यवहार कांग्रेसबाट गिरीमाथि भएन भनिन्छ। के हो यथार्थ ?
सिङ्गो मुलुकलाई आकाशबाट हेर्नु पर्दछ। विकास र अवसर सबैलाई समान पुग्छ। पार्टीलाई उहाँले दिनुभएको योगदान सम्मान योग्य छ। उहाँले कांगेसले गरेका गलत प्रवृत्तिका बारेमा बोल्नुभयो। त्यसलाई हामी सबैले देखेका छौँ।

अहिलेका युवा र दलले उहाँबाट के सिक्न सक्छन् ?
अहिले कुनै पनि राजनीतिक दलका नेताहरू उहाँको स्वभावका छैनन्। पैसा कमाउन र पद पाएर पार्टीलाई लुट्नका निम्ति मात्र अगाडि बढ्छन्। यो मुलुकभित्र संस्कृतिको भ्यालु कम भयो, नागरिकताको भ्यालु कम भयो, पासपोर्टको भ्यालु कम भयो, राजनीतिको भ्यालु कम भयो। यसलाई बढाउन उहाँले पटकपटक सुझाव दिनुभयो। यो यथार्थ हामी सबैले बुझ्नुपर्छ।

आफू सत्तामा नपुग्दा त्यही कुरालाई आन्दोलन गर्ने र सत्तामा पुगेपछि चुप बस्ने राजनीतिक नेता बढी भएका हुन् ?
अहिलेका राजनीतिक नेताहरूलाई चुनौती कम भयो किनभने हामीले मुलुक बनाऔँ भनेर हुँदैन देशका युवायुवती सबै विदेश पलायन भए। हामीले बनाएको संविधानमा प्रत्यक्ष निर्वाचनदेखि समानुपातिक विरुद्ध भयो। समानुपातीकालाई प्रत्यक्षले च्यालेन्ज गर्न सक्थ्यो होला मुलुक बनाउन। तर, त्यो समानुपातिकबाट ल्याएको व्यक्ति नै व्यक्तिवादी बन्न पुगे। जसले पैसा बाँड्न सक्छ त्यो नै नेता हुने प्रवृत्तिले राजनीति अप्ठेरोमा परेको छ।

के नेपालको राजनीति व्यक्ति केन्द्रित र स्वार्थ केन्द्रित भएको हो ?
मुलुक कसरी बन्छ, मुलुकमा जनताले कसरी समृद्धि पाउँछन् भनेर एक जनाले पनि बोलेको देखिँदैन। देशको धेरै विकास भएको छैन। एउटा काम नसकी फेरि पनि त्यही ठेक्का त्यो ठेकेदारलाई दिने प्रवृत्ति छ। धेरै युवायुवती बाहिर गएका छन्। रोक्न नसके पनि उनीहरूले कमाएको पैसालाई नेपालमा एउटै ब्याज प्रणालीबाट ल्याएर देशको विकास गर्न सकिन्छ। तर, नेतृत्वमा त्यो खालको सोच नै छैन।

जनताले आज स्वास्थ्यको अभावले गर्दा ८.७ प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । तिनलाई स्वास्थ्यका लागि औषधि किनिदिने कुरा कसैले सोचेको छैन। प्राकृतिक श्रोत र साधनको प्रयोग नगर्ने तर आफ्नो घर बनाउने र आफ्नो बारेमा मात्र सोच्ने प्रवृत्तिले राजनीति बिग्रिएको छ।

तपाईं जस्तो नेता गुनासो मात्र गरेर हुन्छ त ! नेतृत्व गर्नुपर्या नि ?
हामीले गर्न चाहेको हो। तर, त्यसका लागि जनताको र युवाको सहयोग चाहियो। दल बिचौलिया मात्र भए। प्रमोशन बिचौलियाको, न्याय बिचौलियाको, कमाउने बिचौलियाले भए पनि जनताले के पाए ? हामी त कति बेला कहाँ पर्ने हो थाहा नै छैन। यो राष्ट्र नै बिचौलियाको भइसक्यो। जो देशको प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीको जिम्मेवारी के हो ? यो गम्भीर सवाल छ। उनीहरुले राष्ट्रबाट सुख सुविधाहरू लिन्छन्। उनीहरूले महँगो पानी पिउँछन्। तर, आर्यघाटको पानी सफा राख्नु पर्दछ त्यो अन्तिममा खानु पर्छ भन्ने कुरासम्म बुझेनन्।

यो अवस्थालाई पार लगाउन तपाईंहरूले के सोच्नु भएको छ ?
मेरो स्पष्ट दृष्टि भनेको यो मुलुक कसरी बनाउने भन्ने छ। हामीसँग भएको श्रोत र साधनको सदुपयोग र संरक्षणको जिम्मा जनतालाई दिनु पर्दछ। अहिले हामीले कुनै विदेशीसँग ऋण लिनु पर्ने थिएन। युवाहरूले पठाएको पैसा समान ब्याजले विकासमा लगानी गरिदियो भने कुनै ऋण हुँदैन। शिक्षा र स्वास्थ्यलाई अन्तार्राष्ट्रिय रूपमा जोडियो भने हाम्रो शिक्षा प्रणाली र स्वास्थ्य एकदमै राम्रो हुन्छ।

भारत र चीनको विकासलाई हेर्दा नेपाल अत्यन्तै राम्रो ठाउँमा छ। त्योबाट कसरी फाइदा लिने र नेपाल कसैसँग हात फैलाउनु पर्दैन भनेर सोच्न पर्ने अवस्था छ। त्यसको लागि आफ्नो बारेमा नसोचेर देश र जनताको लागि सोच्नु पर्दछ।

नेपाली कांग्रेसले चुनावको तयारी कसरी गर्दैछ ?
नेपाली कांग्रेस गठबन्धनमा लागेको छ। त्यसमा माओवादी समाजवादी र अन्य राजनीतिक पार्टीले कति सिट पाउने भन्ने पनि टुङ्गो लागेको छैन। त्यसपछि मात्र उम्मेदवारीको टुङ्गो लाग्छ। त्यसपछि समाजवादी प्रणाली अनुसार आफ्ना मान्छे राख्नु पर्दछ। पहिला हामीले गठबन्धन केका लागि गरेको हो भनेर जनतालाई बुझाउनु पर्दछ। गठबन्धन स्वार्थका निम्ति ल्यायौँ भने जनताले विश्वास नै गर्दैनन्। देश र जनताको हितको लागि विकासका लागि हामीले गठबन्धन ल्याइका हौं भन्ने सन्देश आम नागरिसम्म लागनु पर्छ। त्यसकै तयारीमा हामी लागि परेका छौँ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ०८ बजे

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार