धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने « Khabarhub

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँट भोलि हुने


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धौलागिरि लघुवित्तको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट हुनेछ । यो लघुवित्तको आईपीओको प्रि-अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो ।

धौलागिरि लघुवित्तले गत २४–२९ साउनसम्म आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुटाइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् ।

धौलागिरी लघुवित्तको आईपीओ गोला प्रथाबाट बाँडफाँट हुनेछ । गोला प्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन् । यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : ०२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ