नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती « Khabarhub

नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।  कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ । नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । नाका नखुल्दा ती क्षेत्रमा  सास्ती भएको जनाउँदै  फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह गरेका थिए । 

स्थानीयवासीको सामान आयात/निर्यातको मुख्य नाका रहेकाले चाँडै खोल्नुपर्ने गाउँपालिकाले जनाएको छ । यस क्षेत्र सडक सञ्जालबाट टाढै रहेको र तिब्बतको बजार नजिक पर्ने भएकाले तिब्बत नै यहाँका  बासिन्दाको मुख्य बजार हो ।

विशेषगरी पशुपालन, जडीबुटी संकलन र गलैँचा उत्पादन मुख्य पेशाका रुपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न कठिन भएको छ भने आयात–निर्यात दुवै ठप्प हुँदा बस्ती स्थानान्तरणकै स्थिति सिर्जना भएको पत्रमा उल्लेख छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा, फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्दछ भने पालिकाको केन्द्र तापेथोकबाट सामान लैजाँदा तीन दिनमा पुर्‍याउन सकिन्छ । सदरमुकामबाट सामान खरिद गर्दा घरसम्म पुर्‍याउँदा लागत मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको स्थानीय तेन्जिङ शेर्पा बताए । 

नाका खुला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन् । सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका समुदायले स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका छन् । बिरामी पर्दा हेलिकोप्टर ‘चार्टर्ड’ गर्छन् भने आर्थिकस्तर कमजोर भएकाले तीन दिनको बाटो पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रही आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : १५ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म