शान्ति प्रक्रिया टुङ्गाउन ल्याइएको विधेयकमाथि एमालेको आपत्ती « Khabarhub

शान्ति प्रक्रिया टुङ्गाउन ल्याइएको विधेयकमाथि एमालेको आपत्ती


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ती रहेको बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूको पीडामाथि थप पीडा थप्नेगरी सरकारले टिआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरूको असहमति रहेको बताएका हुन् ।

उनले द्वन्द्वकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने , हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने समेत बताए । द्वन्द्वरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलङ्घन गरेका कुराहरू र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्यायाधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाई थप पीडा दिने देखिएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णय, अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिवद्धताहरूलाई ख्याल गर्नुपर्ने समेत बताए ।

त्यस्तै कांग्रेस सांसद डिला सङ्ग्रौलाले शान्तिप्रक्रियाका विषयमा कसैले आपत्ती जनाउनु नपर्ने बताए । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग-तेश्रो संशोधन) विधेयकका बारेमा दलहरूले आफ्नो संशोधन राख्न सक्ने उनको भनाई छ । द्वन्दपीडितहरु धर्ना बसेको, मानवअधिकार आयोगले पनि छिटो टुङ्गाउन भनिरहेको अवस्थामा यसलाई छिटो पारित गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रकी सचेतक रेखा शर्माले द्वन्दकालिन बिषय राज्यको बिषय भएकाले छिटै यसलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । द्वन्दकालिन मुद्दा समयमा नै नटुङ्दिा शान्ति प्रक्रिया नै टुङ्गोमा पुग्न सकेन भन्न सन्देशलाई अव अन्त्य गर्नुपर्ने बेला आएको उहाको भनाई छ । उहाले बिधेयक सकारात्मक रहेकाले असहमत हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

यसअघि मंगलबार नै बसेको प्रतिनिधिसभा बैठकमा सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) विधेयक २०७९ प्रस्तुत गरेको छ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ०६ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी