सर्लाहीका सबै स्थानीय निकायमा फाइजर खोप « Khabarhub

सर्लाहीका सबै स्थानीय निकायमा फाइजर खोप


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका सबै  स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पुर्‍याइएको र मलङ्गवामा आज नै खोप पुर्‍याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार जिल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ । बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरूले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ । 

खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरूलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो । ५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ३ : ३१ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी