‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेदेखि सुरु हुने « Khabarhub

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेदेखि सुरु हुने

७७ जिल्लामा तोकियो केन्द्रीय प्रतिनिधि


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार १० भदौदेखि काठमाडौँमा कांग्रेसको पोजिसन, कमीकमजोरी, संगठन सुदृढीकरण अभियानमा लाग्नेछु,’ बस्नेतले भने ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : १६ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि