मकवानपुरमा पाँच हजारभन्दा बढी भूमिहीन  « Khabarhub

मकवानपुरमा पाँच हजारभन्दा बढी भूमिहीन 


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा  सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ ।

आयोगका सदस्यसचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा  स्थानीय तहमा गरी तीन हजार दुई सय २१ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना  भूमिहीन सुकुम्बासी  रहेका छन् । साथै  ३३ हजार तीन सय २६ जना अव्यवस्थित बसोबासीले जग्गा प्रमाणपत्रका लागि निवेदन दिएको बताइएको छ ।

प्रमुख सुवेदीले जिल्लाको बाग्मती गाउँपालिकामा तीनजना भूमिहीन  दलित परिवारले  लालपुर्जा प्राप्त गरिसकेको तथा अझै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको जानकारी दिए । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले छिट्टै नै जग्गाधनी प्रमाणपत्र लालपुर्जा प्राप्त  गर्ने र त्यसअनुसार काम भइरहेको बताए ।

मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाको दुईवटा वडा  तथा  हेटौँडा उपमहानगरपालिकाको  ११ नं  वडामा  लालपुर्जा वितरण गर्न आवश्यक काम भइरहेको उनले बताए । अध्यक्ष दाहालले चुरे तथा विभिन्न वन आरक्षण क्षेत्रभित्र रहेको स्थानमा लालपुर्जा वितरण गर्न नसकिनेसमेत जानकारी गराए । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ५ : २२ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार