प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका सङ्क्रमित भेटिए


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार उक्त मुलुकमा एक जनामा इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्रालयले मुलुकको उत्तरी किभु प्रान्तमा एक जनामा इबोला भाइरसको सङ्क्रमण देखिएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एक पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो ।

यसअघि पनि सन् २०१८ र सन् २०१९ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका दुई उत्तरी प्रान्तहरु किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो ।

सो सङ्क्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो ।

त्यस समय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ३१ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई